लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

११ श्रावण २०७९, बुधबार १८:०७

काठमाडौं । लुम्बिनी विकास बैंकको संचालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ  नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष आजपद तथा गोपनियताको शपथ ग्रहण गरेको हो ।

नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एम।वि।ए।सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि। ९साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पुराए पश्चात विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहँदै आएका थिए । उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास कम्पनीले लिईएको छ ।

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृतनरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*