महालक्ष्मी विकास बैंकले संस्थापक शेयरधनीको शेयर बेच्ने
१२ श्रावण २०७९, बिहीबार १०:२८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।
कम्पनीले संस्थापक शेयरधनी नाममा रहेको ७ हजार ७४६ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले के कति कित्ता लिने हो सम्पूर्ण विवरण खुलाई ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।













