कारोबारमा आएको पहिलो दिन नै विन्ध्यबासिनी हाइड्रोपावरको शेयरमा सर्किट
१२ श्रावण २०७९, बिहीबार ११:२४

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । कम्पनीको शेयर बुधबार ‘बिएचडिसी’ सिम्बोलबाट नेप्सो सूचीकृत भएसँगै आजदेखि काराबोरमा आएको छ ।
कम्पनीको शेयर ३३४ रुपैयाँमा खुलेको छ । कारोबारमा आएसँगै कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म विन्ध्यबासिनी हाइड्रोपवारको शेयरमा सर्किट लागेर अर्थात १० प्रतिशतले शेयरमूल्य बढेर ३६७ रुपैयाँ ४० रुपैयाँ पुगेको छ ।
![]()













