२७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट हालसम्म २७ वटा अनलाईन भुक्तानी सेवा प्रदायकले स्वीकृति पाएका छन् ।हाल नेपालमा प्रणाली संचालक १० रहेका छन् भने २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् । यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा प्रदान गर्न ग अनुमति पाएका हुन् ।
जसमध्ये सबैभन्दा पहिले अनुमति पाउनेमा आईएमई डिजिटल सोलुसन रहेको छ । सेलुसनको चुक्ता पुँजी १० करोड रुपैयाँ छ ।ई सेवा प्राइभेटको १० करोड रुपैयाँ र टेक्नोलोजी प्राइभेटको १० करोड रुपैयाँको चुक्ता पुँजि रहेको छ। सेलकम प्राइभेटको चुक्ता पुँजि १ करोड ५० लाख रुपैयाँ रहेको छ ।
भुक्तानी सेवा प्रदायकले के काम गर्दछन् ?
भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय भुक्तानी सम्बन्धी कारोबारमा ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दछन् । ती संस्थाले भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमत्रि्राप्त संस्था र ग्राहक तथा सेवा प्रदायकको बीचमा वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्व वापतको रकम भुक्तानी गरिदिने, स्वदेश तथा विदेशमा रकम ट्रान्सफर गर्ने आदि विद्युतीय माध्यमबाट गरिने भुक्तानी कारोबार सञ्चालन गर्दछन् ।














