कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको सामुहिक स्वास्थ्य बीमा गरिदिने

काठमाडौं । कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको सामुहिक बीमा गर्ने भएको छ । बैंकले उक्त कर्मचारीहरुको एक वर्ष अवधिको लागि एक लाख रुपैयाँको सामुहिक स्वास्थ्य बीमा गरिने भएको हो ।
बैंकले पूर्व कर्मचारीहरु समक्ष सूचना प्रकाशित गर्दै सो का लागि साउन ३१ गतेभित्र बैंकको जनशक्ति व्यवस्थापन विभागमा प्राप्त हुने गरी निवेदन पेश गर्न आह्वान गरेको छ ।
बैंकले स्वास्थ्य बीमाका लागि पूर्व कर्मचारीहरुलाई केही शर्तहरु समेत राखेको छ । जसमा कम्तीमा १५ वर्ष स्थायी, अस्थायी वा मासिक वा पारिश्रमिक करारमा सेवा गरेका ७० वर्ष भित्रका सवै पुर्व कर्मचारीहरु मात्र हुनुपर्ने, सम्बन्धित कर्मचरीले आफु बसोबास गरेको वा पायक परेको बैंकको नजिकको कार्यालयमा आवेदन दिनु पर्ने, कर्मचारी सेवा विनियमावली परिच्छेद ७ बमोजिम सजाय भई बैंकले बर्खास्त गरेको वा अदालतबाट दोषी ठहर भई सजाय कर्मचारीहरुले पूर्व कर्मचारी सामुहिक स्वास्थ्य बीमा प्राप्त गर्ने छैनन् ।
सो कर्मचारीहरुले निवेदनको साथमा बैंकले बैंकले जारी गरेको पुर्व कर्मचारी परिचय पत्र र नागरिताको फोटोकपि पेश गर्नु पर्नेछ ।













