हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, करिब ५ अर्बको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ ।
मौद्रिक नीतियता सुधार देखिएको शेयरबजारमा मंलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः शेयरबजारमा क्रमिक सुधार देखिएको छ ।
आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा ४ अर्ब ९७ करोड माथिको कारोबार भएको छ ।
आज कारोबारमा भने सुधार देखिएको छ । करिब ५ अर्बमाथिको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक अरुण काबेली पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १७ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १५ करोड ८६ लाख, अपर तामाकोशीको १४ करोड १७ लाख, अपि पावरको १३ करोड ४८ लाख र नागरिक लगानी कोषको १३ करोड १७ ला रुपैयाँ माथिको कारोबार भएको छ ।














