वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण

१२ श्रावण २०७९, बिहीबार १६:३८

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आरक्षणको लागि शेयर छुटाईने भएको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले १० प्रतिशत सेयर छुट्याइने भएको हो ।

आज बिहीबार चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरिने बताएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धितोपत्र बजारमा लगानीको अवसर प्राप्त हुँदा देशको आर्थिक गतिविधिहरूमा उनीहरूको सहभागिता बढ्ने देखिन्छ ।’ यस्तै, नेपाल स्टक एक्सचेन्ज ९नेप्से० र सीडीएस एन्ड क्लियरिङको पुँजी वृद्धिसहित संरचनात्मक परिवर्तन गर्न पनि बोर्डले सुझाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*