पूर्व अर्थमन्त्री शर्माबारे निर्णय गर्न बिशेष संसदीय समितिमा छलफल जारी

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे निर्णय गर्न बिशेष समितिमा छलफल भईरहेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले छानबिनका लागि एक साता समय थप गरेपनि कुनै निषकर्षमा भने पुग्न सकेको छैन । ।
समझदारी निर्माणका लागि आज बिहानैबाट सिंहदरबारमा औपचारिक तथा अनौपचारिक बैठकहरू बसिरहेका थिए । कर्मचारीहरुले प्रतिवेदन लेखन कार्य जारी राखेको भए पनि निष्कर्षलाई लिएर भने दुई पक्षबीच विवाद बढेको स्रोतले जनाएको छ ।शर्माविरुद्ध कुनै पनि प्रमाण नभेटिएकाले उनलाई निर्दोष ठहर गर्नुपर्ने पक्षमा सत्तापक्षमा सांसदहरु छन् । एमालेका सांसदहरुले भने सरकार र खासगरि अर्थमन्त्रालयले छानविन समितिलाई असहयोग गरेकाले शर्मालाई निर्दोष मान्न नसकिने तर्क गरेका छन् ।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै एमालेका ४ जनासहित ११ सदस्य रहेको संसदीय विशेष छानबिन समिति बनेको छ।समितिले आजै प्रतिवेदनलाई पूर्णता दिनुपर्ने समयको दवाव छ । सरकारलाई बुझाएर भोलि नै प्रतिवेदन सार्वजनिक गर्ने समितिले निर्णय गरिसकेको हुँदा थप समय माग्ने सम्भावना देखिएको छैन ।













