बीमा समितिको त्रुटीले हजारौं अभिकर्ताको लाइसेन्स समस्यामा, नविकरण गर्न उर्दी

१२ श्रावण २०७९, बिहीबार १८:१८

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ताहरुको विवरण राम्रोसँग राख्न नसक्दा हजारौं अभिकर्ताहरु प्रभावित भएका छन् । बीमा समितिले रकम लिएका अभिकर्ताहरुको तथ्याङ्क गलत प्रविष्ट गरेकोले बीमा अभिकर्ताहरुको लाइसेन्स नविकरणमा समस्या परेको छ ।

गत चैत्र मसान्तमै बीमा शुल्क भुक्तानी गरिसकेका बीमा अभिकर्ताहरुको अद्यावधिक विवरण बीमा समितिको सर्भरमा तथ्याङ्क गडबढ भएपछि उनीहरुको पुनः नविकरणमा समस्या परेको छ ।बीमा समितिले बीमा अभिकर्ताहरुको अद्यावधिक विवरण राख्न नककेको र त्यहाँको अवस्था भद्रगोल रहेको महालेखाको ५९ औं बार्षिक प्रतिवेदनमै औल्याइएकोछ । नेपालको प्रचलित कानुन अनुसार कुनै पनि व्यक्तिबाट दुई पटक शुल्क लिन पाइदैन । तर, बीमा समितिले अब हजारौं बीमा अभिकर्ताबाट यसअघि नै रकम लिइसकेकोमा पुनः नविकरण गर्नुपर्ने देखाउने गरेको छ । बीमा समितिको सर्भरबाट तथ्याङ्क उडेपछि नविकरण गरिसकेका बीमा अभिकर्ताहरुले समेत पुनः शुल्क बुझाउनुपर्ने जोखिम बढेको छ ।

यस सम्बन्धमा बीमा समितिले केही बताउन चाहेको छैन । उता, बीमा अभिकर्ताहरुले भने बीमा समितिको काम गैरजिम्मेवारपूर्ण भएको भन्दै आक्रोस व्यक्त गरेका छन् । एक बीमा अभिकर्ताले भने, ‘बीमा ऐनले तोकेको अभिकर्ताको दर्ता किताब राख्ने काममा बीमा समिति असफल भएको छ । हिमालयन रि जस्तै घोटाला काण्डमा घुस सेटिङ गर्न, राज्यकोषको खर्चबाट तारे रिसोर्टमा रात बिताउन बीमा समितिले खर्च गर्छ, तर हामी अभिकर्ताको रेकर्ड समेत राम्रोसँग राख्न सक्दैन ।’

बीमा समितिले सबै बीमा कम्पनीहरुबाट एपिआई मोडलमा डाटा लिएर भण्डारण गर्ने योजना अघि बढाउँदै गर्दा बीमा समितिको सर्भरबाट बीमा अभिकर्ताहरुको तथ्याङ्कमा गडबढी भएको खुलेको छ ।पछिल्लो पटक बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स तत्काल नविकरण गर्न र असोजपछि नविकरण नहुने चेतावनी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*