संसदीय बिशेष समितिले तयार पार्यो पूर्वअर्थमन्त्रीको प्रतिवेदन

१२ श्रावण २०७९, बिहीबार १९:२३

काठमाडौं । सांसदहरुबीचको मतभेदका कारण लामो छलफलमा रहेको अर्थमन्त्रीमाथि छानविन गर्न बनेको संसदीय बिशेष समितिलाई प्रतिवेदन लेखन तयार पारेको छ । प्राविधिक समस्याहरु निराकरण गर्ने बाँकि रहेको बिषय भने रहेको स्रोतले जनाएको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लीन चिट दिने वा नदिने भन्ने बिषयमा अन्तिम निर्णय हुन नसक्दा बिहान देखि बसेको बैठकले साँझ अन्तिम रुप पाएको हो ।

बिशेष संसदीय सदस्यका अनुसार सीसीटीभी फुटेजबाहेक मन्त्रालयका सचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, राजस्व विभागका महानिर्देशक सहितका अन्य कर्मचारीसँगे बयान लिएर प्रतिवेदनमा समेटिएको छ । तर कसैले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश भएको स्वीकार गरेका छैनन् ।

समझदारी निर्माणका लागि आज बिहानैबाट सिंहदरबारमा औपचारिक तथा अनौपचारिक बैठकले आज अन्तिम बैठक भएको कारण प्रतिवेदन लेखन पूर्णता पाएको छ ।
अर्थमन्त्रालयभित्रको सीसीटीभी फुटेज रिकभर भए पनि दृष्यहरु अस्पष्ट भएकाले अर्थमन्त्रीलाई दोषी वा निर्दोष मान्ने विषयमा समितिभित्र विवाद भएकोथियो । सरकारलाई बुझाएर भोलि नै प्रतिवेदन सार्वजनिक गर्ने समितिले निर्णय गरिसकेको हुँदा थप समय माग्ने सम्भावना नभएको कारण आज नै प्रतिवेदनलार्य अन्तिम रुप दिएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*