दुई साताभित्र मर्जर वा प्राप्तिमा कारोबार खोल्ने विषय सम्बन्धी नियमावली आउने

१३ श्रावण २०७९, शुक्रबार ११:३६

कठमार्डौं । नेपाल धितोपत्र बोर्डले मर्जर वा प्राप्तिमा कारोबार खोल्ने विषयमा दुई सातामा नियमावली आउने बताएको छ।सूचीकृत संस्थाहरू मर्जर र प्राप्तिमा जादा हाल संस्थाहरूको कारोबार रोक्का हुँदै आएकोमा आगामी दिनमा के(कसरी जाने भन्ने विषयमा दुई सातामा निर्देशिका जारी गर्ने बोर्डले बताएको हो। बोर्डले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा बोर्डका अध्यक्ष रमेश हमालले यस्तो जानकारी दिएका हुन्।

चालु आर्थिक वर्षको लगि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको क्रम सेयर रोक्का राख्नेरनराख्ने विषयमा बोर्डले निर्णय गर्न सक्ने उल्लेख गरेको थियो।हाल करिब एक दर्जनभन्दा बढी संस्थाको कारोबार रोक्का भइरहेको छ। यी कम्पनीहरूको करिब ५६ अर्ब चुक्ता पुँजी छ। लगानीकर्ताहरूको यो बराबरको सम्पत्ति बिक्री गर्न नमिल्ने गरी लगभग बन्धकको अवस्थामा छ।

सेयर बजार भनेको आफ्नो सम्पत्तिको रूपमा रहेको सेयर तत्काल बिक्री गर्ने सुविधा दिने क्षेत्र भएकोले कारोबार रोक्का राख्न नमिल्ने लगानीकर्ताहरूले बताउँदै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*