एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

१३ श्रावण २०७९, शुक्रबार १२:०२

काठमाडौ । एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २० करोड ८१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफामा सामान्य सुधार देखिएको हो ।

यस अवधिसम्म लघुवित्तको खुद नाफा ८ प्रतिशत बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तको नाफा १९ करोड २७ लाख ५६ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २१.४५ प्रतिशतले बढेर ५४ करोड ३७ लाख ९५ हजार रूपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि १५.४४ प्रतिशतले बढेर ३३ करोड ४ लाख ६२ हजार रूपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफामा सामान्य बृद्धि भएसँगै मिर्मिरे लघुवित्तको नाफामा सामान्य सुधार देखिन पुगेको हो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ रहेकोमा जगेडा कोषको आकार ७९.७१ प्रतिशतले बृद्धि भई ४५ करोड १९ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ

खुद नाफामा सामान्य सुधार देखिएसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ ८८ पैसा पुगेको छ त्यस्तै, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५६ पैसा रहेको छ । यस अवधिसम्म लुघवित्तको खराब कर्जा पनि घटेर १.६५ प्रतिशतमा झरेको छ । अघिल्लो आवको यस अवधिसम्ममा लघुवित्तको खराब कर्जा १.९९ प्रतिशत रहेको थियो ।

साथै यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ६७ करोड सापटी लिई २ अर्ब ७४ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन तथा ८ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

मिर्मिरे लघुवित्त एफपीओ निष्काशनको तयारीमा रहेको छ । कम्पनीले अंकित मूल्य १७७ रुपैयाँ ८ पैसाका दरका ९१ लाख २३ हजार ९८४ रुपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*