आइपीओ निष्काशनको तयारीमा रहेको श्रृजनशील लघुवित्तको नाफामा गिरावट

१३ श्रावण २०७९, शुक्रबार १२:३७

काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तले गत आवको असार मसान्तसम्म ४ करोड २९ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो आवको यसै अवधिसम्मको तुलनामा ३४.६२ प्रतिशतले कमी हो । अघिल्लो आवको यसै अवधिसम्म संस्थाले ६ करोड ५७ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानीमा सामान्य सुधार देखिएको छ भने संचालन नाफा घट्न पुगेको छ । संचालन नाफा घट्दा लघुवित्तको खुद नाफामा प्रभाव पर्न गएको हो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३.८० प्रतिशतले बढेर १५ करोड ५२ लाख १७ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २१.५७ प्रतिशतले घटेर ८ करोड ४५ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी ७ करोड रुपैयाँ रहेकोमा जगेडा कोषमा १३ करोड ८९ लाख ६३ हजार रुपैयाँ संचित रहेको छ । त्यस्तै, यस अवधिसम्म लघुवित्तको खराब कर्जा घटेर २.११ प्रतिशतमा झरेको छ । साथै लघुवित्तको सीडी रेसियो २८६.४० प्रतिशत रहेको छ ।
यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ सापटी लिई ८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब २६ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तले ३ करोड ३७ लाख २ हजार ५०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्न बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*