यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४० को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोडमाथिको कारोबार भएको छ ।
अघिल्ला दुईदिनको तुलनामा आज कारोबार रकम घटेको छ । अन्य दिनको तुलनामा शुक्रबार कारोबार घट्ने गरेको देखिएको छ । कारोबार टाइम ड्युरेशन कम भएको कारण पनि कारोबार घट्न पुगेको हो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट्स रहेको छ । कम्पनीको आज १२ करोड ८६ लाख रुपैयाँ माथिको कारोबार भएको हो ।
त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख, नागरिक लगानी कोषको ७ करोड ७९ लाख, महालक्ष्मी विकास बैैंकको ६करोड ८ लाख र गोर्खाज फाइनान्सको ५ करोड ९६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।














