सामान्य अंकले बढ्यो नेप्से, विकास बैंक समूह चम्किदा हाइड्रोपावर सूचकमा गिरावट
१३ श्रावण २०७९, शुक्रबार १३:२२

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक १२.९२ अंकले बढेर इन्डेक्स २१४० को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोडमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज तीन सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर, निर्जिबन बीमा र म्युचुअल फण्ड सूचकमा गिरावट आएको छ भने सर्वाधिक विकास बैंक समूहको ४.६१ प्रतिशत अर्थात् १७९ रुपैयाँ ५८ पैसाले बढ्न पुगेको छ ।














