इन्टर कलेज स्टक पिचिङ प्रतियोगिता सम्पन्न, बिजेतालाई प्रभु सेलेक्ट फण्ड उपहार

काठमाडौं । कुसम फाइनान्स क्लबले आयोजना गरेको इन्टर कलेज स्टक पिचिङ प्रतियोगिताको मुख्य प्रायोजकमा प्रभु क्यापिटल रहेको छ ।
शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्घि गनेै उद्घेश्यले प्रभु क्यापिटलको सहयोगमा भएको यो प्रतियोगिता काठमाडौं युनिर्भसिटी, धुलिखेलमा भएको हो ।
प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयर सचेतना अभिवृद्धिका लागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोही अन्र्तगत भएको उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये ‘बाई’ अथवा ‘सेल’ को लागि विभिन्न फण्डामेन्टल र टेक्निकल एनलायसिसमा आफ्नो प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा रहनुका साथै कुसम कलेजका असिस्टेन्ट प्रोफेसर पवन कुमार झा तथा रमेश घिमिरे रहेका थिए ।
प्रतियोगितामा टिम ‘स्टक जेम्स’ पहिलो विजेता भए भने दोस्रो विजेता टिम ‘स्वीप्रबी’ घोषित भएका छन् । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको १० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम ५ हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।













