मौद्रिक नीतिपछि शेयर बजारमा कस्तो पर्यो प्रभाव ? साताको शेयर बजार समीक्षा

काठमाडौं । यो साता शेयर बजारमा सकारात्मक सुधार देखिएको छ । अघिल्लो साताको तुलनामा शेयर बजारमा अधिंकाश सूचकमा रौनकता छाएको छ । मौद्रिक नीतिपछि नेपाली शेयर बजारमा केही मूल्य बढेपनि पछिल्ला दिनहरुमा भने घट्ने क्रम पनि देखियो ।
गत साता २ हजार १७ दशमलव ४६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजा र १४० दशमलव ५२ विन्दुमा पुगेर बन्द भएको छ । साताको कारोबारमा नेप्से परिसूचक १२३ दशमलव शून्य ६ अंकले बढेको छ । जुन लगानीकर्ताहरुको लागि यो साता निकै सुखद रह्यो ।
यो साता ६ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र घटेको छ । साताको पहिलो कारोबार दिन ६१ दशमलव शून्य ५ अंकले र दोस्रो दिन ५४ दशमलव ४५ अंकले बढेको बजार तेस्रो दिन भने ४४ दशमलव ८० अंकले घटेको थियो । त्यसपश्चात् शेयर बजार पुनः बजार बढेको छ ।
साताको चौथो कारोबार दिन २३ दशमलव ८३ अंक, पाँचौ दिन १५ दशमलव ४९ अंक र छैठौ दिन १३ दशमलव शून्य ५ अंक नेप्से परिसूचक बढेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि २३ दशमलव २४ अंक माथी उक्लिएको छ । गत साता ३८६ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४०९ दशमलव ४८ विन्दुमा पुगेको हो ।
गत साता ९ अर्ब ६६ करोड २६ लाख ८० हजार रूपैयाँ बराबरको २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता २० अर्ब ८७ करोड २० लाख ३८ हजार रूपैयाँ बराबरको ४ करोड ९६ लाख ८१ हजार ७१९ कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साताको तुलनामा यो साता ११ अर्ब २० करोड ९३ लाख ५७ हजार रूपैयाँ बराबरको २ करोड ६४ लाख १७ हजार ५६४ कित्ता बढी धितोपत्र खरिद विक्री भएको हो ।
यो कुल बजार पूँजिकरण १ खर्ब ७५ अर्ब ७२ करोड ३९ लाखले बढेको छ । यो साता कुल बजारपूँजीकरण बढेर ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख कायम भएको छ । साउन १२ गते नेपाल धितोपत्र बोर्डले जारी गरेको नीति तथा कार्यक्रमलाई पनि लिन सकिन्छ ।
यस वर्षको नयाँ नीतिहरू आगामी दिनमा बजारका लागि सकारात्मक प्रभाव पार्ने खालका भएकाले पनि लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्काको व्यवस्था खारेज गरी नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी दिनु र शेयर धितोकर्जाको अधिकतम सीमा १२ करोड नै कायम राखे पनि एक संस्थाबाट लिन सक्ने व्यवस्था गर्नुलाई लगानीकर्ताहरूले सकारात्मक रुपमा लिएको देखिन्छ । ४–१२ नीतिको हुने हो भन्ने बिषयमा लगानीकर्ताहरुमा व्यापक कौतुहलता रहेको थियो । उक्त दुविधालाई मेटाएसँगै शेयर बजारमा सकारात्मक सुधार देखिएको छ ।
बोर्डले यस वर्षको नीति तथा कार्यक्रममा पुराना धेरै बुँदाहरुलाई निरन्तरता दिएपनि कार्यान्वयनले पूर्णता पाउने आशामा लगानीकर्ताहरू रहेका छन् । कारोबारमा आएका १३ समूहगत उपसूचकहरूमध्ये वित्त समूहको उपसूचक सर्वाधिक २१ दशमलव ९६ प्रतिशतले बढेको छ । सर्वाधिक कमाउने दोस्रो नम्बरमा भने विकास बैंक समूह रहेको छ । यस समूहको उपसूचक १७ दशमलव २७ प्रतिशतले बढेको छ ।
यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । वित्त र विकास बैंकसँगै जलविद्युतको १० दशमलव ५८ प्रतिशत, होटल तथा पर्यटन समूहको १० दशमलव ३० प्रतिशत, लघुवित्तको १० दशमलव शून्य २ प्रतिशत, लगानी समूहको ८ दशमलव शून्य ८ प्रतिशत, अन्य समूहको ७ दशमलव ९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, व्यापारिक समूहको ४ दशमलव ८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव शून्य १ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव २७ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव १० प्रतिशत, बैंकिङ समूहको १ दशमलव ८३ प्रतिशत र म्युुचुअल फण्ड समूहको शून्य दशमलव ४८ प्रतिशत उपसूचक बढेको छ ।













