खर्च बढेसँगै साधना लघुवित्तको नाफामा सामान्य गिरावट, चुक्तापुँजी २५ प्रतिशतले बृद्धि

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा गिरावट आएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफामा सामान्य गिरावट आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशत बढेर २८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २.६४ प्रतिशत घटेर १४ करोड ८० लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४२ पैसा घटेर ३६ रुपैयाँ १५ पैसा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर ३२ करोड १२ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ३०.७८ प्रतिशत बढेर १७ करोड ५७ लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६८ करोड ८ लाख रुपैयाँ सापटी लिई १ अर्ब ३४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ३९करोड ३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













