आँखुखोला जलविद्युत कम्पनीको नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो

१५ श्रावण २०७९, आईतवार ०७:२६

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा २ हजार २५८.६५ प्रतिशत बढी नै हो ।

अघिल्लो आवको यसै अवधिसम्म १० लाख ५२ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गर्न सफल भएको आँखुखोला जलविद्युतले यस अवधिसम्ममा नाफा बढाएर २ करोड ४८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

यस अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी र संचालन मुनाफामा सुधार आएसँगै कम्पनीले खुद नाफा बढाउन फड्को मारेको हो । यस अवधिसम्म विद्युत बिक्रीबाट हुने आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५.०२ प्रतिशत बढेर १४ करोड २० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत बृद्धि हुन पुगेको छ । यस अवधिसम्म कम्पनीको इपीएस २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ ।

यस अवधिसम्म कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ रहेकोमा रिजर्भको आकार भने २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*