हिमाल दोलखा हाइड्रोपावरले १००ः७५ अनुपातमा हकप्रद जारी गर्ने, प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन विशेष प्रस्ताव राख्दै साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको साउन १४ गते बसेको संचालक समितिको बैठकले १३औं र १४औं साधारण सभा भदौ ५ गते लिसारा हल, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णग गरेको हो ।
कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्तापुँजीको आधारमा ७५ प्रतिशत अर्थात् (१००ः७५) अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गरी पारित गर्नेछ ।
साथै सभामा आर्थिक वर्ष २०७६।७७ र २०७७।७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने समेत सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ साउन १९ गते एक दिन बुकक्लोजको मिति तय गरेको छ । यसकारण साउन १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।













