हकप्रद निष्काशनको तयारीमा रहेको नेशनल हाइड्रोपावरको यस्तो देखियो वित्तीय अवस्था

१५ श्रावण २०७९, आईतवार ०८:२२

काठमाडौं । हकप्रद शेयर निष्काशनको तयारीमा रहेको नेशनल हाइड्रोपावर लिमिटेडको घाटामा सुधार देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनी १ करोड ७४ लाख ३७ हजार रुपैयाँ घाटामा रहेको हो ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड २१ लाख ८२ हजार रूपैयाँ नोक्सानमा रहेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको बिद्युत बिक्रिबाट हुने आम्दानी पनि बढेर ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको यस्तो आम्दानी ३ लाख ६१ लाख ६० हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड २५ लाख १६ हजार रुपैयाँ रहेकोमा जगेडा कोषमा १ करोड ७० लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८६ पैसा र प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ९४ पैसा रहेको छ ।

कम्पनीले गत वर्ष तल्लो इन्द्रावती जलविद्युत निर्माणको लागि लाइसेन्स पाएको छ भने ५० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रकृया अघि बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*