धौलागिरी लघुवित्तले आइपीओ जारी गर्दै,

१५ श्रावण २०७९, आईतवार १०:३९

काठमाडौं । धौलागिरी लघुवित्तले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । उक्त आइपिओ साउन २४ गतेदेखि सर्वसाधारणका लागि  बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ ।

उक्त आइपिओको बिक्री प्रबन्धकमा यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*