छोरीको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार

काठमाडौं । बीमाको महत्व बुझ्दै पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ।आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिप्रायले नेपालमा जन्मोत्वस,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्युमा वृद्धि भईरहेको छ ।
त्यस्तै अभिप्रायकका साथ काभ्रेपलान्चोक रोशी गापा– ७ हाल काठमाडौंको नयाँपाटी बस्ने दिलमाया तामाङ्गले छोरीको जन्मदिनको अवसर पारेर बीमा पोलिसी उपहार दिएकी छिन् ।दिलमायाले छोरी सोना तामाङलाई रु.१० लाखको बीमा पोलिसी उपहार दिएर जन्मदिनलाई विशेष पारेकी हुन् ।
दिलमायाले छोरी सोनाकी लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यलय चावाहिलबाट रु. १० लाख रुपैयाँको बाल भविष्य पल्स बिमा योजना खरिद गरेकी हुन् । जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बीमा पोलिसी उपहार दिदाँ अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने अभिकर्ता अस्मिता तामाङले बुझाएसँगै उक्त गराउन सफल भएको हो ।
एउटै बीमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने साथै यो बिमा उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने सेनियर बिमा एडभाईजर पुष्पा अधिकारीले बताईन । केक सहित जीवन बिमा फाइल पाउँदा सोना अत्यन्त खुसी भएकोमा आफूहरू पनि खुसी भएको सोनाकी बुबा धनवीर तामाङले बताए।













