ह्वातै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोवार?
१५ श्रावण २०७९, आईतवार ११:२०

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाला सुनको मुल्य ९५ हजार ८०० रुपैयाँ र तेजाबी तेजावी सुनको भाउ ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै आज चाँदीको भाउ प्रतितोला १२ सय २० कायम भएको हो ।
गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो।













