ग्लोबल आइएमई समुन्नत योजना –१ नोक्सानीमा

काठमाडाौं । ग्लोबल आइएमई समुन्नत योजना –१ असार महीनामा नोक्सानीमा गएको छ । असार मसान्तसम्मको वित्तीय विवरण अनुसार जेठ महीनामा रू। १३ करोड ५५ लाख नोक्सानीमा रहेको थियो भने असार मसान्तसम्म रू। १३ करोड ६४ लाख नोक्सानीमा रहेको छ ।
त्यस्तै, जेठ मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य ९न्याभ० रू। ९ दशमलव ८० रहेको असार महीनामा घटेर रू। ९ दशमलव ७९ कायम भएको छ ।
फण्डको खर्चमा वृद्धिभएसँगै जम्मा नोक्सानी पनि बढेको छ । जेठ मसान्तसम्ममा जम्मा खर्च रू। २ करोड ९२ लाख रहेकोमा असार मसान्तसम्ममा बढेर रू। ३ करोड ९ लाख पुगेको हो । त्यसैगरी असार मसान्तसम्ममा फण्डको जम्मा नोक्सानी रू। १० करोड ५४ लाख रहेको छ । जेठ महीनामा उक्त नोक्सानी रू। १० करोड ६२ लाख थियो ।
योजनाको सूचीकृत शेयरमा लगानी घटेको छ । जेठ महीनामा फण्डले रू ८५ करोड २६ लाख सूचीकृत शेयरमा लगानी गरेकोमा असार महीनामा यस्तो लगानी रू ७९ करोड २२ रहेको छ । योजनाले बैंक मुद्दती निक्षेपमा २० करोड लगानी गरेको छ ।













