जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने तयारी

काठमाडौं । जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। स्रोतका अनुसार शर्माको सपथको तयारी भइरहेको छ।पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्।
प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिनेछन्।आर्थिक वर्ष २०७९्०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो।समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो ।देउवा जसरी पनि उनलाई चोख्याउने र अर्थमन्त्रीमै फर्काउन चाहन्थे । त्यसैअनुरुप अर्थ अरुलाई दिएनन् । कर्मचारीलाई शर्माले थर्कारहेका थिए । माओवादी केन्द्र कुनै हालतमा शर्मालाई दोषी नदेखाउने र अर्थमन्त्री शर्मामालाई मनाउने मनसायबाट अघि बढेका थिए । त्यसमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले पनि साथ दिएपछि शर्मालाई दोस्रो पटक अर्थमै फर्किन बाटो खुलेको हो ।
अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजस्वको दर आफूअनुकूल बनाउनु जस्तो अक्षम्य अपराधमा समेत एमालेले सघाएर शर्मालाई चोख्याएको एमालेकै सांसदहरु बताउँछन् ।
संसदीय छानबिन समितिको निष्कर्षमा पूर्वअर्थमन्त्री निर्दोष ठहर, मन्त्रालय फर्किने सम्भावना कति ?













