नेपाल फाइनान्सको बिक्री नभएको ११ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्दै

१५ श्रावण २०७९, आईतवार १२:०७

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समुहको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्ने जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले मूल्य बढाबढ गरी आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ। शिलबन्दी बोलपत्र साउन २३ गतेबाट भदौ ६ गतेसम्म पेश गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*