एचआइडीसीएलको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

१५ श्रावण २०७९, आईतवार १२:५५

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्रद्धारा आजदेखि बिक्री खुल्ला गरेको छ ।

कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि गत असार ५ गतेदेखि असार १९ गतेसम्म निष्काशन गरेकोमा उक्त अवधिभित्र सम्पूर्ण कित्ता शेयर बिक्री नभएकोमा उक्त अवतरित शेयर पुनः बिक्री गर्ने भएको हो ।

कम्पनीले बाँकी रहेको २ करोड ७८ लाख ९ हजार ४९० कित्ता शेयर पुनः गोप्य शिलबन्दी बोलपत्र मार्फत निष्काशन गर्न लागेको हो । उक्त शेयरमा आज (साउन १५ गते)ंदेखि साउन २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, तथा संस्था वा कम्पनीले साउन २९ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर वीरगंज, मेनरोड हेटौंडा, शहिदचोक नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । यसर्थ आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै उक्त शेयरमा आवेदन दिदा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि माग गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*