हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार रोक्का, तीन दिन भित्र सपष्टिकरण दिन आग्रह

काठमाडौं ।हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । नेप्सेले कारोबार रोक्का गरेसँगै कम्पनीसँग सपष्टिकरण मागेको छ। शेयर कारोबार भइरहेको समयमा सेयरधनीलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचना प्रकाशित गरेकाले कारोबार रोक्का गरेको आज एक सूचना जारी गर्दै जनाएको छ ।
त्यस्तै, तीन दिनका लागि कारोबार रोक्का समेत गरेको छ । तीन दिन भित्र कम्पनीले के कारण नेप्सेको कारोबार समय भित्र सञ्चालन समितिको बैठकले आफ्ना सेयर धनीहरुलाई हकप्रद सेयर दिने विशेष प्रस्ताव गरेको हो ? र सेयरधनी दर्ता किताबको सूचना के कति कारणबाट नेप्सेमा ७ दिन अघि नै जानकारी नगराएको हो ? भन्दै तीन दिन भित्र जवाफ पठाउन भनेको छ ।
नेप्सेले उक्त सूचनामार्फत साउन १३ गते कारोबार समय भित्र सञ्चालन समितिको बैठकले सेयर धनिलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव २ बजेर ५२ मिनेटमा जानकारी गराएको भन्दै स्पष्टिकरण सोधेको छ ।














