साढे ४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
१५ श्रावण २०७९, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमाा आक्रामक सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ ।
उतारचढावकाबीच शेयरमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । आज शेयरबजारमा ४ अर्ब ६० करोड माथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ३४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १५ करोड २३ लाख, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख, हिमालयन डिस्टिलरीको १० करोड ३७ लाख र नेशलन हाइड्रोपावरको ९ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














