शेयरबजारमा उछाल: नेप्से ५४ अंकले बढ्दा साढे ४ अर्बमाथिको कारोबार, बीमा समूह चम्कियो

१५ श्रावण २०७९, आईतवार १५:२३

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमाा आक्रामक सुधार आएको छ । आज नेप्से परिसूचक ५४ अंकले बढेर २१९५ को विन्दुमा पुगेको छ ।

गत साता शेयरबजारमा घटबढको उतारचढाव देखिएको थियो । आज पुनः शेयरबजारमा उत्साह थपिएको छ । लगानीकर्ताहरु शेयर किन्न हौसिएका छन् ।

नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६० करोड माथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका फाइनान्स सूचक बाहेकका सबै सूचकमा आज हरियाली छाएको छ । आज सर्वाधिक बीमा समूहमा चमत्कारिक सुधार देखिएको छ । जीवन बीमा सूचक आज ४१२ रुपैयाँ ८९ पैसाले बृद्धि भएको छ भने निर्जिवन बीमा सूचक ३७४ रुपैयाँ ८ पैसाले बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*