नेप्सेमा थप ६३ लाख १७ हजार कित्ता बोनस शेयर सूचीकृत

१५ श्रावण २०७९, आईतवार १५:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गरिमा विकास बैंकको साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सो प्रतिशत दरका ६३ लाख १७ हजार ९२ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृत पश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*