राष्ट्रिय बीमा संस्थान र खल्तीबीच बीमा प्रिमियम भुक्तानीका लागि साझेदारी

१५ श्रावण २०७९, आईतवार १५:४७

काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थानसँग सहकार्य गरेको छ।

राष्ट्रिय बीमा संस्थान नेपालको एक विश्वसनीय बीमा प्रदायकका रुपमा स्थापना गर्न सफल रहेको बिमा संस्थान हो। खल्ती सँगको यस सहकार्यस्वरूप उपभोक्ताले अब खल्ती मार्फत राष्ट्रिय बीमा संस्थानको बीमा प्रिमियम तिर्न सक्ने भएका छन्।उपभोक्ताले बीमा तिर्न खल्ती एपमा रहेको इन्स्योरेन्समा गई राष्ट्रिय बीमा संस्थान छनौट गर्नुपर्नेछ। मागिएको विवरण भरी प्रिमियम भक्तानी प्रक्रियालाई पूरा गर्न सकिन्छ।

प्रयोगकर्ताले रु ५ हजार माथिको नवीकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*