राष्ट्रपतिद्धारा जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त, साढे ५ बजे पद तथा गोपनियताको सपथ

१५ श्रावण २०७९, आईतवार १६:०५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ ।

मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा उल्लेख छ। आजै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए ।शर्माले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*