राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक

१५ श्रावण २०७९, आईतवार १६:३९

 

काठमाडौं । राष्ट्रिय बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुने छ ।

उक्त अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्ने बैंकले जनाएको छ । सो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन्।

हाल बैंकले ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग कारोबार मार्फत सेवा प्रदा गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*