अर्थमन्त्रालयका कर्मचारीलाई अर्थमन्त्रीलाई स्वागत गर्न सकुलर जारी, अर्थसचिव आजै बिदामा

१५ श्रावण २०७९, आईतवार १६:५०

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीहरुको लागि सर्कुलर जारी गरेको छ । अर्थ मन्त्रालयले ५ बजे पछि पनि घर नजानका लागि सकुर्लर जारी गर्दै यस्तो जानकारी दिएको छ । राष्ट्रपतिले अर्थमन्त्री शर्मालाई नियुक्त गरिसकेको छ भने ५ः ३० बजे आजै शपथ ग्रहण कार्यक्रम समेत रहेको छ।

अर्थमन्त्री आउने भए पनि मन्त्रालयले कर्मचारीलाई ५ बजेपछि पनि बस्नका लागि आग्रह गरेको छ तर अर्थसचिव आजै बिदामा बसेका छन् । जनार्दन शर्मा अर्थमन्त्रीका रुपमा रहेसम्म मन्त्रालयमा नआउने बताउँदै आएका सचिव मधुकुमार मरासिनी भने पोखरामा रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

उनले असार २२ गते शर्माले मन्त्री पद नछाडेसम्म मन्त्रालयमा नफर्किने भन्दै बिदा लिएका थिए ।तर शर्माले सोही दिन राजीनामा दिए पछि उनी भोलिपल्ट देखिनै काममा फर्किएका थिए ।अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्री शर्मालाई स्वागत गर्न कर्मचारीहरुलाई सर्कुलर नै जारी गरेको छ । अर्थसचिव बिदामा बसेपछि राजस्व सचिवको नेतृत्वमा मन्त्री शर्माको स्वागत गरिने भएको छ । अहिले राजश्व सचिव कृष्णहरि पुष्कर रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*