शिवम् सिमेन्टद्वारा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण

१५ श्रावण २०७९, आईतवार १८:१३

काठमाडौं । शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तरगत थप २ जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ ।

निर्माण कार्य गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले उक्त रकम बीमा कम्पनीसँगको समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी दाबी अनुसार रकम हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस्ले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*