अर्थमन्त्री जनार्दन शर्माद्धारा पदभार ग्रहण, अर्थसचिव किन उपस्थित भएनन् ?

आइतबार राष्ट्रपतिबाट अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले शपथ ग्रहणपछि आज नै पदभार ग्रहण गरेका छन् ।राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका हुन् । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने आइतबार अनुपस्थित छन् । पोखरामा गएका कारण उनी उपस्थित भएको अर्थमन्त्रालयको स्रोतले जनाएको छ।

बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेको थियो । त्यसै दिन शर्माले पनि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको पुष्टि नभएको प्रतिवेदन दिएको छ । समितिले प्रतिवेदन दिएको दुई दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनस् शर्मालाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन्।














