अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोप र छानबिन समितिले गरेको छानबिनबारे केही बोलेनन्

१५ श्रावण २०७९, आईतवार १९:३१

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा पदभार ग्रहण गरेका छन् । सिंहरदवारस्थित अर्थमन्त्रालयमा आज पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले आगामी दिनमा सबैको सहयोगको अपेक्षा गरेको बताएका छन् ।

आफूलाई बजेट कार्यान्वयनको मौका दिएकोमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई धन्यवाद दिए। उनले गत वर्षको बजेट कार्यान्वयनको समीक्षा गर्दै अघि बढ्ने बताए। कार्यक्रममा शर्माले आफूमाथि लागेको आरोप र संसदीय छानबिन समितिले गरेको छानबिनबारे भने केही पनि बोलेनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*