नबिल बैंकका संचालक उदय कृष्ण उपाध्यायद्धारा राजिनामा, मलय मुखर्जी र निर्वाण कुमार चौधरीको कार्यकाल थप

काठमाडौं । नबिल बैंक लिमिटेडका संचालक उदय कृष्ण उपाध्यायले राजिनामा दिएका छन् । उपाध्यायले संचालक पदबाट गत साउन १२ गते राजिनामा दिएकोमा कम्पनीको साउन १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै सोही दिन बसेको संचालक समितिको बैठकले बैंकको सस्थापक शेयरधनी आइएफआइसी बैंक लिमिटेडको तर्फबाट एआरएम नजमुस शंकिबलाई आगामी साधारण सभासम्मको लागि संचालकमा नियुक्त गरेको छ ।
त्यस्तै बैंकका संस्थापक शेयरधनी एनबी (इन्टरनेशनल) लिमिटेडको तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गर्दै आएका संचालकहरु मलय मुखर्जी र निर्वाण कुमार चौधरीको पदाधी त्रमशः साउन ३१ गते र मंसिर ५ गते मात्र भएको हुँदा संचालक समितिको बैठकले मुखर्जी र चौधरीको क्रमशः भदौ १ गते र मंसिर ६ गतेदेखि लागू हुनेगरी आगामी साधारणसभासम्मको लागि नियुक्त गर्ने निर्णय भएको छ ।












