नेशनल माइक्रोफाइनान्सको शेयर बिक्रीमा, ७५० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज देखि लिलामीमा ल्याएको छ। कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् । सो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । लघुवित्तले विद्ययमान शेयरधनीहरुका लागि यसअघि नै ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेको छ ।













