धौलागिरी लघुवित्तको आइपीओ यहि साउन २४ गतेदेखि निष्काशन हुँदै, ४०% भन्दा माथि लाभांश दिन सक्ने क्षमता

१६ श्रावण २०७९, सोमबार १३:१२

काठमाडौं । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको यहि साउन २४ गते देखी सार्वजनिक शेयर (आइपीओ) निष्कासन हुने भएको छ । कम्पनीको धितोपत्र निष्कान तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमीटेड रहेको छ ।

हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेकोमा सार्वजनिक शेयर निष्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिकृष्ट वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा ११ करोड रुपैयाँ संचित रहेको छ ।

जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ । कम्पनीको शेयर पाउने लगानीकर्ताहरु मालामाल बन्ने पक्का छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पहिलो कारोबारका लागि वास्तविक प्रतिशेयरको नेटवर्थको तीनगुणासम्म ओपनिङ्ग मूल्य तोक्ने भएकोले कम्पनीको शेयरले पहिलो कारोबारका लागि र्न २५७ रुपैयाँदेखि ७७१ रुपैयाँसम्म पाउने देखिन्छ ।

कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।

हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहक सदस्यहरु मार्फत कुल १ अर्ब ४४ करोड रुपैयाँ कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आर्थिक वर्ष २०७८।०७९ को अपरिष्ट वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।

लघुवित्तले साउन २४ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*