मन्दाकिनी हाइड्रोपावरको आइपीओ भोलि साँझ ४ बजे बाँडफाँड हुँदै, शेयर पाउन भाग्यकै भर !

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडका अनुसार आइपीओ भोलि साँझ ४ बजे कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड हुनेछ ।
कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
निष्काशन गरेको कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरी बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो ।
अन्तिम दिनसम्म १६ लाख १० हजार ९२६ जनाले आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेको कारण आइपीओ बाँडफाँड गोलाप्रथाबाटै हुनेछ । कम्पनीको आइपीओ पाउन भाग्यकै भर बस्नुपर्ने भएको छ ।













