खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २० प्रतिशतले बृद्धि

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको खुद नाफामा गिरावट आएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.६८ प्रतिशत बढेर २२ करोड ४७ लाख ३३ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९३.१३ प्रतिशतले बढेर ४१ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा १५ करोड रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले, गत आर्थिक वर्षमा ८ करोड ४९ लाख रुपैयाँ मात्र यस्तो कर्जा उठाएको छ । जसले गर्दा यसकारण पनि लघुवित्तको नाफामा सुधार नदेखिएको हो ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १४ रुपैयाँ ६८ पैसा घटेर २३ रुपैयाँ २६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.३५ गुणा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर ३४ करोड २७ लाख रुपैयाँ पुगेकोमा जगेडा कोषको आकार ६.४६ प्रतिशतले बढेर कोषमा १८ करोड ६७ लाख रुपैयाँ संचित रहेको छ । यस अवधिसम्म लघुवित्तको खराब बर्जा शुन्य दशमलव ९३ प्रतिशतबाट बढेर ३.७६ प्रतिशत पुगेको छ । यसले गर्दा पनि लघुवित्तलाई नाफा आर्जन गर्न दबाब परेको हो ।
यस्तै यस अवधिसम्म लुघवित्तले बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ७४ लाख रुपैयाँ सापटी लिई १ अर्ब २० करोड २६ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ४० करोड ९७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
छ भने जगेडा कोष ६.४६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २४.२८ प्रतिशत, निक्षेप २८.३५ प्रतिशत र कर्जा २५.७९ प्रतिशत बढेको छ।













