लक्ष्मी क्यापिटलको दुई फण्डद्धारा लाभांश प्रस्ताव
१७ श्रावण २०७९, मंगलवार १०:४४

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले कम्पनीको योजना व्यवस्थापक रहेको लक्ष्मी म्यु्चुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको साउन १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सम्बन्धित इकाईधनीहरुलाई ५–५ प्रतिशत दरका नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश कम्पनीको आगाामी वार्षिक साधारण सभाले पारित गरेपछि इकाईधनीहरुमा वितरण हुनेछ ।
123 laxmi capital Fund













