शेयर फुकुवा भएसँगै हिमाल दोलखा हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । नेप्सेले हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार फुकुवा गरसँगै कम्पनीको शेयरमा सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेर शेयरमूल्य २५४ रुपैयाँ ९० पैसा पुगेको छ ।
साथै शेयरबजार खुलेसँगै कम्पनीको शेयर उच्च खरिद माग भएको कारण पनि कम्पनीको शेयरमूल्य बढ्न पुगेको हो । यो समाचार तयार पार्दासम्म हिमाल दोलखाको शेयर २६८ जनाले २ लाख ७५ हजार ५०९ कित्ताका लागि खरिद गर्न अर्डर गरेका छन् ।

नेप्सेले यसअघि कम्पनीले १ः०.७५ रेसियोमा हकप्रद जारी गर्नको लागि बुकक्लोको मितिबारे नेप्सेमा ७ दिनअघि नै जानकारी गराउनुपर्नेमा कम्पनीले जानकारी नगराउँदा नेप्सेले ३ दिनभित्र स्पष्टिकरण माग्दै सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो ।
कम्पनीले सूचना त्रुटि हुन पुगेको भन्दै नेप्सेसमक्ष क्षमायाचना गरी पत्र पठाएको कारण नेप्सेले पुनः बुकक्लोजको मिति तोक्न निर्देशन दिई आजदेखि कम्पनीको शेयर कारोबा फुकुवा गरिदिएको हो ।













