जानकी टेक्नोलोजीलाई ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड प्रदान

१७ श्रावण २०७९, मंगलवार १४:४१

काठमाण्डौं । जानकी टेक्नोलोजीले ‘एक्सिलेन्स फर इनोभेसन इन इमर्जिङ सेक्टर्स अफ दि प्रोभिन्स–आईसीटी २०२२’ अवार्ड पाएको छ ।

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई उक्त अवार्ड प्रदान गरेको हो । आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले उक्त पुरस्कार अवार्ड गरेको हो । अवार्ड समारोह एईईपी, सीएनआई, यूके एड÷स्वदेशीले साउन १६ गते आयोजना गरेका थिए ।

जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह–संस्थापक संचालित कम्पनी हो । आज कम्पनीले आफ्नो पाइलाहरु परिपक्व बनाएको छ र सुरुदेखि नै आफ्नो लगन, उत्साह पूर्ण समर्पणका साथ धेरै कोसेढुंगाहरु हासिल गरेको छ ।

‘सूचना र प्रविधि हाम्रो समाज, हाम्रो देश तथा हाम्रो अर्थतन्त्रका अत्यावश्यक अंगहरु हुन्। प्रतिष्ठित आईसीटी अवार्ड अफ एक्सिलेन्स प्राप्त गर्नु हाम्रा लागि ठूलो सम्मान हो। यी मान्यताहरुले हामीले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्याएका छौँ भनेर देखाउँछ’, जानकी टेक्नोलोजीका सहसंस्थापक अरविन्द शाहले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*