उतारचढावकाबीच झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा सर्वाधिक बीमा समूहको घट्यो

१७ श्रावण २०७९, मंगलवार १५:१५

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । केही दिनयता सुधार देखिएको शेयरबजार आज २.८१ अंकले घटेर २१९३ को विन्दुमा कायम भएको छ ।

नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ६ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ७ उपसूचक राताम्य छन् । आज व्यापार समूह, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूहमा हरियाली छाएको छ ।

त्यस्तै, सर्वाधिक प्रतिशतका आधारमा अन्य समूहको १.०४ प्रतिशतले घटेको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहको ६४.४६ रुपैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*