नेप्सेमा नबिल बैंकको ४ करोड ३३ लाख शेयर सूचीकृत

१७ श्रावण २०७९, मंगलवार १६:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ ।

नबिल बैंकको साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सूचीकृत भएको हो ।

उक्त शेयर अब एनबिबिका शेयरधनीको हितग्राही खातामा नबिल बैंकको नामबाट देखिनेछ । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*