२१ लघुवित्तको वित्तीय विवरण: अर्ब क्लबमा छिमेक लघुवित्त, अन्य लघुवित्तको मुनाफा कति ? (तथ्याङ्क सहित)

काठमाडौं । असार मसान्त सकिएसँगै लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको प्रारम्भिक वित्तीय विवरण धमाधम प्रकाशित गर्न थालेका छन् ।हालसम्म नेप्सेमा सूचीकृत २१ वटा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । विवरण प्रकाशित गर्ने लघुवित्तहरुको औसत नाफा बढेको देखिएको छ । असार मसान्तसम्म २१ वटा कम्पनीको कुल नाफा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीृकत निर्देशन २०७८ संशोधन गरी बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गरिसक्नुपर्ने व्यवस्था भएबमोजिम हालसम्म २१ वटा लुघवित्त संस्थाहरुले आ–आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित विवरण अनुसार अधिकांश लघुवित्तहरुको महत्वपूर्ण वित्तीय सूचकहरुमा सुधार देखिएको छ ।
उक्त विवरणअनुसार सबैभन्दा बढी चुक्तापुँजी भएको लघुवित्तमा छिमेक लघुवित्त रहेको छ । लघुवित्तको चुक्तापुँजी चौथो त्रैमाससम्ममा २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ । सो अवधिसम्म लघुवित्तको चुक्तापुँजी २७ प्रतिशत बृद्धि भएको हो ।
साथै दोस्रोमा बढी चुक्तापुँजी हुने लघुवित्तमा एनआइसी एशिया लघुवित्त रहेको छ । लघुवित्तको चुक्तापुँजी गत असार मसान्तसम्म १अर्ब ७३ करोड ९४ लाख रुपैयाँ रहेको छ । तेस्रोमा आरएमडिसी लघुवित्तको १ अर्ब २४ करोड १० लाख रुपैयाँ रहेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तहरुमा ३ वटा लुघवित्तको चुक्तापुँजी अर्ब नाघेको छ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लुघवित्त पनि आफ्नो चुक्तापुँजी बढाउँदै अर्बको हारहारीमा पुग्ने क्रममा रहेको छ । लुघवित्तको हालको चुक्तापुँजी ९६ करोड ४४ लाख ९२ हजार रुपैयाँ रहेको छ ।आरएसडिसी लघुवित्तको ८० करोड ५१ लाख, सूर्योदय वोमी लघुवित्तको ७९ करोड १९ लाख, ग्लोबल आइएमई लघुवित्तको ५५ करोड २५ लाख, मिर्मिरे लघुवित्त ५२ करोड २० लाख, नाडेप लघुवित्तको ४८ करोड ५७ लाख, समता घरेलु लघुवित्तको ३४ करोड २७ लाख, आशा लघुवित्तको ३३ करोड ३९ लाख, साधना लुघवित्तको ३२ करोड १२ लाख, कालिका लघुवित्तको ३१ करोड २८ लाख, सिभिल लघुवित्तको २८ करोड ८१ लाख, महुली लघुवित्तको २८ करोड २१ लाख, जाल्पा सामुदायिक लघुवित्तको १६ करोड, गणपति लघुवित्तको १५ करोड १५ लाख, महिला लघुवित्तको १४ करोड ७५ लाख, सिवाइसी नेपाल लघुवित्तको १२ करोड १६ लाख, श्रृजनशील लघुवित्तको ७ करोड र धौलागिरी लघुवित्तको पनि ७ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।

स्रोत : लघुवित्तहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारेको तथ्याङ्क
चुक्तापुँजीमा क–कसले प्रगति गरे ?
गत आर्थिक वर्ष २०७८।०७९ भित्र प्रतिशतका आधारमा सबैभन्दा बढी चुक्तापुँजी बढाउने संस्थामा सूर्योदय वोमी लघुवित्त रहेको छ । साविक सूर्योदय र वोमी लघुवित्तले गत आवभित्र एक्वायर गरी एकीकृत कारोबार गरेसँगै सूर्योदय वोमी लघुवित्तको चुक्तापुँजी समिक्षा अवधिसम्म ९२.२६ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको पनि यस अवधिसम्म चुक्तापुँजी ४८.४२ प्रतिशतले बृद्धि भएको छ । गत आवभित्र साविक जाल्पा लघुवित्त र सामुदायिक लघुवित्तबीच मर्जरमा गई एकीकृत कारोबार सुरु भएसँगै चुक्तापुँजी बढ्न पुगेको हो ।सिवाइसी नेपाल लघुवित्तको पनि चुक्तापुँजी ४८.१५ प्रतिशतले बढ्न पुगेको छ । साविक सिवाइसी र नेपाल लघुवित्त एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेसँगै चुक्तापुँजी बढ्न पुगेको हो । त्यस्तै, महिला लघुवित्तको पनि यस अवधिसम्म ४७.५० प्रतिशतले चुक्तापुँजी बढाउन सफल भएको छ । लघुवित्तले गत आर्थिक वर्षमा साधारण शेयर (आइपीओ) निष्काशन गरी पुँजी बृद्धि गरेको हो ।
त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत, महुली लघुवित्तको २६ प्रतिशत, साधना लुघवित्तवको २५ प्रतिशत, आरएमडिसी र समता घरेलुको २०–२० प्रतिशत, सिभिलको १९, गणपतिको १८.९९ प्रतिशत र आरएसडिसी र फर्स्ट माइक्रोफाइनान्सको १०।१० प्रतिशतका दरले चुक्तापुँजी बढाउन सफल भएको छ । साथै यसबाहेक अन्य ७ वटा लघुवित्तको चुक्तापुँजी भने यथावत नै रहेको छ ।
खुद मुनाफाको आधारमा को अघि ?
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने २१ लघुवित्तमा सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने संस्थामा छिमेक लघुवित्त रहेको छ । गत आर्थिक वर्षभित्र छिमेक लघुवित्तले १ अर्ब ३ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तमध्ये नाफा अर्ब नाघ्ने छिमेक लघुवित्त मात्रै रहेको छ ।
दोस्रोमा एनआइसी एशिया लघुवित्तले पनि विभिन्न सूचाङ्कमा सुधार गर्दै गत आर्थिक वर्षभित्र ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । एनआइसी एशिया लघुवित्तलाई पच्छ्याउँदै आरएमडिसी लघुवित्तले पनि चौथो त्रैमाससम्ममा ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको २८ करोड ८८ लाख, ग्लोबल आइएमई लघुवित्तको २५ करोड ५ लाख, मिर्मिरे लघुवित्तको २० करोड ८१ लाख, महिला लघुवित्तको १५ करोड ९९ हजार, सूर्योदय वोमी लघुवित्तको १३ करोड ९६ लाख, आरएसडिसीको १३ करोड ५२ लाख, कालिकाको १२ करोड ८४ लाख, आशाको १२ करोड ३५ लाख, नाडेपको ११ करोड ४४ लाख, महुलीको १० करोड ८५ लाख, जाल्पा सामुदायिकको ९ करोड ८६ लाख, सिवाइसी नेपालको ८ करोड ३ लाख, समता घरेलुको ७ करोड ९७ लाख, सिभिलको ७ करोड ३६ लाख, श्रृजनशीलको ४ करोड २९ लाख, धौलागिरीको २ करोड ६० लाख र गणपतिको १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

स्रोत : लघुवित्तहरुले प्रकाशन गरेको वित्तिय विवरणको आधारमा तयार पारेको तथ्याङ्क













